आर्मीले जित्यो इन्डो–नेपाल भलिबलको उपाधि

काठमाडाैं | पुस २५, २०८१

आर्मीले जित्यो इन्डो–नेपाल भलिबलको उपाधि

काठमाडौं:    नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लबले इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसीपको उपाधि जितेको छ ।


बुटवलको रामनगर खेलमैदानमा आज भएको फाइनल खेलमा आर्मीले पुलिसलाई ३–२ को सेटमा हरायो । आर्मीले दोस्रो सेट २५–१८, चौथो सेट २५–२२ र पाँचौं सेट १५–७ ले जित्यो । पुलिसले पहिलो सेट २५–१८ र तेस्रो सेट २५–२० जित्यो ।


जीतसँगै आर्मीले सात लाख र उपविजेता बनेको पुलिसले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । यस्तै तेस्रो भएको मणिमुकुन्द भलिबल क्लबले एक लाख ७५ हजार र चौथो भएको भारतको गुजरात स्टेट भलिबल एसोसिएशनले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।


प्रतियोगितामा आर्मी, पुलिस, मणिमुकुन्द र गुजरातसहित, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र, गलकोट भलिबल क्लब र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी गरी आठ वटा टोली सहभागी थिए ।

गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...

थप पढ्नुहोस्

काठमाडौंः  फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

थप पढ्नुहोस्

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुषको मृत्यु भएको पुष्टि भएको छ । २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ ।   धादिङका प्रमुख जि...

थप पढ्नुहोस्